रोल्पामा एक युवक माथि आक्रमण, तीन जना गम्भीर घाईते



रोल्पामा एक युवक माथि आक्रमण, तीन जना गम्भीर घाईते

रोल्पा ७ पुस । रोल्पामा संगै सुतेका चार जना मध्ये तिन जना गम्भिर घाईते भएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुण्टिगढी गाउँपालिका ९ होलेरी बजार स्थित होलेरी गेष्ट हाउसको ५ नम्वर कोठामा मंगलवार साँझ सगै सुतेका चार जना मध्ये तिन जना रगताम्य अवस्थामा बुधवार विहान साढे तिन बजे फेला परेका छन् ।

मंगलवार होटेलमा बास बसेका चार जना मध्ये तिन जना विहानपख गम्भिर घाईते अवस्थामा फेला परेको खवर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक जिवराज थापाको कमाण्डमा घटनास्थलमा प्रहरी टोली पुग्दा रुण्टिगढी ७ बस्ने बर्ष ४२ का भिम बहादुर थापा ,सोहि ठाउँका ३९ बर्षका सरोज पुन र रुकुम पश्चिम सानो भेरी ४ घर भई हाल बाँके नेपालगञ्ज १२ डेरा गरी बस्ने ४३ बर्षिय मैत बहादुर वि.क घाईते अवस्थामा फेला परेको डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

यस्तैगरी पुनको टाउको र अनुहारमा गहिरो चोट लागेको र उपचारका लागी युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको छ भने वि.कको पनि टाउकोमा गहिरो चोट लागेको छ । घाईते थापा र विकको टाउको र अनुहारमा गहिरो चोट लागेको डिएसपी घिमिरेले जानकारी दिए । उनीहरु दुवै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुदै कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको छ । दुवैको अवस्था गम्भिर रहेको उहाले जानकारी दिए । घटनास्थलमा रगत लागेको फलामको रड फेला परेको छ ।

साथै संगै सुतेका अर्का रुण्टिगढि ९ सखि बस्ने ४६ बर्षिय टेक बहादुर वली फरार भएकोमा बुधवार दिउँसो वडा नम्वर ५ हातखोला भन्ने स्थानबाट पक्राउ गरिएको डिएसपी घिमिरेले जानकारी दिनुभयो । यस्तैगरी होटेलमा पार्किङ गरेको घाईते थापाको रा ४ प २५०० नम्बरको मोटरसाईकल हराएकोमा दाङ घोराही १२ हापुर खोलामा फेला परेको छ । पक्राउ परेका वली माथी घटनाका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे