नेपालमा थप एक जनामा ‘ओमिक्राेन भेरियन्ट’ पुष्टि



नेपालमा थप एक जनामा ‘ओमिक्राेन भेरियन्ट’ पुष्टि

काठमाण्डाै ७ पुस । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । जिन सिक्विन्सिङका क्रममा एक जना ९८ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिए ।

ती वृद्धकाे आइसेलनशमा उपचार भैरहेको प्रबक्ता मिश्राले बताए। योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको सङ्ख्या तीन जना पुगेको छ । यसअघि डिसेम्बर ६ तारिखमा दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेरिअन्ट देखिएको थियो ।

अहिले सङ्क्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पनि जाँच गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता मिश्राले बताए । ओमिक्रोन भेरिअन्ट कोरोना भाइरसको अरू भेरिअन्ट भन्दा चाँडो फैलिने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई ३३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय १७ जना र चार हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई ७२ जना कोरोनामुक्त भएका छन् । यही दुई जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे