लमही खानेपानीद्धारा ७ वटा टोल विकास संस्थालाई ७० पिस डष्टबीन र बाल्टीन प्रदान



लमही खानेपानीद्धारा ७ वटा टोल विकास संस्थालाई ७० पिस डष्टबीन र बाल्टीन प्रदान

लमही ५ पुस । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लमहीका विभिन्न ७ वटा टोल विकास संस्थालाई ७० पिस फोहर संकलन गर्ने डष्टबिन र बाल्टीन प्रदान गरेको छ । संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत स्वास्थ्य र सरसफाइका लागि माग भई आएका टोल विकास संस्थाहरुलाई फोहर संकलन गर्न डष्टबिन प्रदान गरेको हो ।

जस अन्तरगत कोलही टोल विकास संस्थामा १५ थान, लमही गाउँ टोल विकास संस्थामा १९,  कुल मोहर टोल विकास संस्थालाई १०, बनगाउँ टोल विकास संस्थामा ५ स्वर्गद्वारी देबगड टोल विकास संस्थामा ५, चैलाही टोल विकास संस्थामा ६, आर्दश टोल विकास संस्थालाई १० पासाङ टोल विकास संस्थामा ४, भयरथान टोल विकास संस्थामा १०, देउखुरी बहुमुखी क्याम्पसलाई ४ थान गरि ७० वटा बाल्टिन उपलब्ध गराइएको संस्थाका अध्यक्ष दन्डीराम चौधरीले जानकारी दिएका छन् । त्यस्तै नियमित बैठकद्वारा संस्थाले आफ्नो सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण शभा आउदो माघ १५ गते गर्ने नणिर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे