माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनमा दाङबाट २६ प्रतिनिधी निर्विरोध निर्वाचित



माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनमा दाङबाट २६ प्रतिनिधी निर्विरोध निर्वाचित

भालुवाङ २६ मंसिर । नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो ।

समितिको सोमबार ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्ने छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने संभावना छ ।  दाङबाट नेकपा माओवादी केन्द्रको  लुम्बिनी प्रदेश कमिटीमा २६ प्रतिनिधी सर्वसम्मत रुपमा निर्वाचित भएको जिल्ला  ईन्चार्ज जीवन गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार  लुमाकान्त न्यौपाने (सागर), लुमबहादुर कार्की (बद्री), यमनारायण पोख्रेल (विश्वास), चक्रबहादुर खड्का, चुरामणी नेपाली (जीवन), हरिमान पुन, शुसिला शर्मा, अजयदीप शर्मा, पुनम सेपाईली, अम्मर कवर,
बालिका शर्मा चौधरी, भिमबहादुर ओली (ड्राईभर), मिना बुढा, कलिभान रोका, प्रतिभा बोगटी, खर्के सुनार, विरेन्द्र चौधरी, प्रमिता चौधरी, चित्रबहादुर खड्का, राधिका परियार, तुलसी डाँगी, प्रतिभा थारु, हिरालाल थारु, एटम महरा, मनकुमारी पुन (दिपशिखा) र  तुलसीराम पुन (सुवास) प्रतिनिधी छनौटमा परेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे