अव्यवस्थित व्यापारले लमही बजार पुन कुरुप बन्दै



अव्यवस्थित व्यापारले लमही बजार पुन कुरुप बन्दै

लमही २० मंसिर । देउखुरीको प्रमुख बजारको रुपमा रहेको लमही बजार पुन कुरुप बन्दै जान थालेको छ । बजार क्षेत्रको नियमित अनुगमन नहुँदा अहिले बजार क्षेत्र कुरुप बन्दै जान थालेको हो । सडकमै व्यापार गर्ने क्रम बढ्दै जान थालेपछि बजार साघुरो भएर कुरुप हुन थालेको हो ।
संम्बन्धित निकायको उदासिनता तथा मौनताका कारण बजार कुरुप बन्न थालेको स्थानीयहरुको भनाई रहेको छ । चार्ड पर्व मेला महोत्सब हुँदा मात्रै बजारको अनुगमन गर्ने त्यसपछि बजारको अनुगन गर्ने कार्यमा कसैले पनि चाँसो नदिने प्रबिधिले गर्दा बजारको सुन्दरता माथि प्रश्न चिन्ह खडा हुन थालेको छ ।

उसो त केही दिन पहिले देउखुरी उद्योग वाणिज्य संघ लमहीले बजारको अनुगमन गरेपछि बजारको सुन्दरता आएको थियो । तर अहिले लामो समय बितिसक्दा पनि बजारको अनुगमन नहुँदा बजार कुरुप भई दुर्घटनाको जोखिम पनि बढेर गएको छ । झन्डै ५ सय सदस्य रहेको संघमा अहिले खाँसै चाँसो नदिदा पुनः पुरानै अबस्थामा फर्किएको हो ।

एक त सानो बजार उसैमा पनि देउखुरी भरिका मान्छेहरु किनमेल गर्न आउने थलोको रुपमा उक्त बजार लाई लिइने गरिन्छ । सडक साघुरो त्यसमा मान्छे देखि गाडीमोटर तथा फुटपाथ पसलहरु नाली भन्दा बाहिरै सडकमा आउन थालेको अहिले प्रत्यक्ष देख्न सकिन्छ । स्थानीय सरकार उद्योग वाणिज्य संघले समय समयमा बजारको अनुगमन हुनुपर्र्ने स्थानीय ब्यापारी भोजराज अधिकारीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे