कारको ठक्करबाट बाँकेको अगैयामा दाङका एक जनाको मृत्यु



कारको ठक्करबाट बाँकेको अगैयामा दाङका एक जनाको मृत्यु

दाङ २० मंसिर । कारको ठक्करबाट दाङका एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैयामा कारको ठक्करबाट दाङ तुलसीपुर उपमहानगरपालिका-२ का ४० वर्षीय हुमुम डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस रोकेर पिसा फेर्न सडक पार गर्दै गर्दै आइतबार राती करिब ९ बजे डाँगीलाई प्रदेश ३–०१–०२२ च ५८८४ नम्बरको कारले ठक्कर दिएको थियो । त्यसपछि गम्भीर घाइते भएका डाँगीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

ना ७ ख ३३९ नं को बस पूर्वबाट पश्चिम तर्फ आइरहेको थियो । सोही दिशाबाट आइरहेको कारले डाँगीलाई ठक्कर दिएको हो । कारसहित चालक भने प्रहरी चौकी अगैयाको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे