राजधानीलाई देउखुरीको विकासका रुपमा लिनुस् : मन्त्री चौधरी



राजधानीलाई देउखुरीको विकासका रुपमा लिनुस् : मन्त्री चौधरी

भालुवाङ ११ मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत चौधरीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आउनु सम्रग देउखुरीको विकासका रुपमा लिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाको दोस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेशको राजधानीलाई देउखुरीको विकास संग जोडिएको बताएका छन् ।

उनले राजधानी व्यवस्थापन संगै देउखुरी क्षेत्रको अव्यवस्थीत बसोबास, सुकुमबासी र लालपुर्जा लगायत समस्या दिर्घकालिन रुपमा समाधान भई समग्र देउखुरीको विकास भई आमूल परिवर्तन हुने बताए । उनले आफूहरु छिटो भन्दा छिटो राजधानी देउखुरीमा ल्याउने तयारीमा रहेको बताउँदै मन्त्री चौधरीले अब राजधानी व्यवस्थापनको सम्पूणर् जिम्मा देउखुरीबासीको काँधमा आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री चौधरीले राजधानी व्यवस्थापनका लागि देउखुरीबासी सहयोगी बन्न आग्रह गरे । उनले राजधानीले कसैको उठीबास नभई देउखुरीको दिर्घकालिन विकासको आमूल परिवर्तका रुपमा लिन आग्रह गरे ।  राजधानीलाई देउखुरी ल्याउँदा आफूले पनि निकै मेहनत गरेको स्मरण गराउँदै मन्त्री चौधरीले राजधानी व्यवस्थापन र देउखुरीको विकासका लागि माओवादी संगै सबै पार्टी एक जुट भएर लाग्न आग्रह गरे ।

साथै उनले माओवादी केन्द्र कुनै व्यक्तिका लागि मात्र नभई सम्पूणर् श्रमजिवी तथा सर्वहारा वर्गहरुको पार्टी भएकोले सबै माओवादी केन्द्रको झण्डामुनि गोलबद्ध हुन आग्रह गरे ।

पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य लुमबहादुर कार्की(बद्री), पार्टीका संघीय निर्वाचन समन्वय समिती अध्यक्ष श्यामेश चौधरी, पार्टीका जिल्ला सदस्य चित्रबहादुर थापा, पूर्व जनमुक्ति सेना टंकबहादुर बिष्ट, प्रदेश निर्वाचन समन्वय समिती सदस्य राजेन्द्र पुजाली, अखिल नेपाल क्रान्तिकारी महिला संघ राप्ती गाउँपालिका अध्यक्ष हिमा पुरी र अखिल क्रान्तिकारी राप्ती गाउँपालिका अध्यक्ष भुवन केसी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा पार्टीका अग्रज व्यक्तित्व, घाइते परिवार र शहिद परिवारलाई सम्मान गरिएको थियो । साथै सो अवसरमा विभिन्न पार्टी परिवर्तन गरी दर्जनौ नेता, कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा प्रगतिशिल कलाकारहरू सांस्कृतिक प्रस्तुतिहरू समेत राखेका थिए ।  कार्यक्रमको सञ्चालन प्रदेश स्वास्थ्य विभाग सदस्य प्रकाश बिष्टले गरेका थिए ।

नेकपा माओवादी केन्द्र राप्तीकाे अध्यक्षामा : चाैधरी 

नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाकाे दाेस्राे सम्मेलनले श्यामेश चाैधरीकाे अध्यक्षातामा ४९ सदस्यीय नयाँ कार्य कमिटी सर्बसम्मत चयन गरेकाे निर्वाचन समितीका संयाेजक कृष्ण बुढाले देउखुरी टुडेलाइ जानकारी दिएका छन् । निर्वाचन समितीका अनुसार नयाँ कमिटीकाे उपाध्यक्षहरूमा रणबहादुर पुजाली, नारायणप्रसाद शर्मा, शुरेश चाैधरी, सचिवमा तुला गिरी, सह-सचिवमा बसन्त नेपाली र काेषाध्यक्ष भगवता शर्मा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे