कांग्रेस महाधिबेशन, दाङका ३ वटै निर्वाचन क्षेत्रमा मतदान सकियो, मतगणना सुरु गर्ने तयारी



कांग्रेस महाधिबेशन, दाङका ३ वटै निर्वाचन क्षेत्रमा मतदान सकियो, मतगणना सुरु गर्ने तयारी

दाङ ७ मंसिर । १४ औँ महाधिबेशन अन्तरगत नेपाली कांग्रेस दाङले प्रतिनिधीसभा अन्तरगतको तीन निर्वाचन क्षेत्रमा मतदान सकिएको जानकारी दिएको छ ।

दाङका तीन वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमिति र केन्द्रिय महाधिबेशन प्रतिनिधी छनौटका लागि आज बेलुका ५ बजेसम्म मतदान प्रक्रिया जारी रहेको थियो ।

क्षेत्र नम्बर १ को लमहीमा, २ को घोराही पार्टी कार्यालयमा र ३ को तुलसीपुरमा निर्वाचन भएको नेपाली कांग्रेस दाङका सचिब शंकरप्रसाद डाँगीले जानकारी दिएका छन् ।

मतदान सकिएपछि अव केही वेरमै मतगणना सुरु गर्ने तयारी भएको उनले जानकारी दिए । क्षेत्र नम्बर १ मा भेषराज पाण्डे र सर्वजित डिसी सभापतीमा भिडेका छन् ।

त्यसैगरी, क्षेत्र नम्बर २ मा भिमप्रकाश खड्का र चित्रबहादुर डाँगी निर्मल बीच प्रतिस्पर्धा हुँदै छ भने निर्वाचन क्षेत्र नम्बर ३ मा जगतबहादुर खड्का, सुरेन्द्रबहादुर खड्का र किरण शाह विच प्रतिस्पर्धा भएको छ । क्षेत्रिय कार्यसमितिमा ७ जना पदाधिकारी र १६ जना सदस्यहरु चुुनिने छन् ।

यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले दाङबाट ७५ जना केन्द्रिय महाधिबेशन प्रतिनिधी छनौट पनि चुुनाब बाटै हुुन लागेको छ । वडाहरुबाट चुुनिएर आएका क्षेत्रिय प्रतिनिधीहरु मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे