दाङमा कांग्रेसले क्षेत्रीय नेतृत्व छान्दै, सभापतिमा ७ जनाकाे उम्मेदवारी दर्ता



दाङमा कांग्रेसले क्षेत्रीय नेतृत्व छान्दै, सभापतिमा ७ जनाकाे उम्मेदवारी दर्ता

दाङ ६ मंसिर । नेपाली कांग्रेसको १४ महाविधेशनअन्तर्गत संघीय क्षेत्रमा नेतृत्व चयनको लागि सोमवार उम्मेदवारी दर्ता गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा सोमवार उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले मंसिर ३ गते जिल्लाका प्रदेश क्षेत्रको नेतृत्व चयन गरेको थियो । वडा, पालिका, प्रदेश क्षेत्र र संघका क्षेत्र गर्दै मंसिर १० मा जिल्लाको अधिवेशन तय गरेको छ । कांग्रेसको १४औँ अधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौमा हुँदैछ । वडादेखि नै दुई समूह बनाएर प्रतिष्पर्धामा उभिएको कांग्रेसले संघीय निर्वाचन क्षेत्रमा पनि दुईवटा प्यानल बनाएर चुनावी प्रतिष्पर्धा गर्दैछ । निर्वाचन समितिका अनुसार दाङ क्षेत्र नं. १ को सभापति पदमा भेषराज पाण्डे र सर्वजित डिसीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरेर सचिव पदमा कृष्णकुमार चौधरी, खेमलाल चौधरी, राजेन्द्र खड्का र हरिहर शर्माले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरेर सहसचिव पदमा गोविन्दकुमार वली, प्रकाशकुमार जिसी, मिनराज अधिकारी र जमिर शाहले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार १ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरेर दाङ क्षेत्र नं. २ मा पनि दुईवटा समूह चुनावी प्रतिष्पर्धामा छन् । सभापति पदमा चित्रबहादुर डाँगी ‘निर्मल’ र भीमप्रकाश खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा आर.के. शीतल, कमलप्रसाद गौतम, सन्तोष योगी र हिमबहादुर डाँगी चुनावी मैदानमा छन् । त्यसैगरेर सहसचिवमा प्रमोद पोख्रेल, रञ्जित श्रेष्ठ, रमेशकुमार पाण्डे र शिवप्रसाद घिमिरे छन् । कांग्रेसको क्षेत्रमा १ जना सभापति, २ सचिव र २ सहसचिव चुन्ने विधानले व्यवस्था गरेको छ ।

त्यसैगरेर २५ जना महाधिवेशन प्रतिनिधिका लागि ६३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभाका प्रमुख सचेतक अनिता देवकोटा, संविधानसभा सदस्य राजु खनाल, पूर्व जिल्ला सभापति बीरकेशरी गौतम, पूर्व सचिव कमलकिशोर घिमिरे, वर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगीलगायतका नेताहरुले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका अनुसार कांग्रेस नेता अर्जुन कुमार श्रेष्ठ र सावित्रा राना निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ लुम्बिनी प्रदेशका ऊर्जा जलश्रोत राज्यमन्त्री हुन् भने राना कांगे्रस दाङका वर्तमान कोषाध्यक्ष हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ बाट संघीय सभापति पदमा तीनजनाले मनोनयन दर्ता गरेका छन् । अहिलेका संघीय सभापति जगतबहादुर खड्का, जिल्ला कार्यसमिति सदस्य सुरेन्द्रबहादुर खड्का र नेता किरण शाहले संघीय सभापति पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । तुलसीपुरस्थित उद्योग वाणिज्य संघमा पुगेर सोमबार तीनैजनाले मनोनयन दर्ता गराएका हुन् ।

जगत खड्काको प्यानलबाट सचिवमा शोभाखर सापकोटा र पूर्ण के.सी, सहसचिव पदमा भीमकान्त भट्टराई र डेफुलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै सुरेन्द्र खड्काको टिमबाट क्षेत्रीय सचिवमा रवि बुढाथोकी र भेषराज डाँगीले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै सहसचिवमा तनोज सिंह ओली र भूपबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै सदस्यमा चिरञ्जीवी वली, पूर्ण विसी, महेश चौधरी, यमप्रसाद भुसाल, मिनाकुमारी केसी, डिलाराम विष्ट, युवराज खड्का, सुवास डाँगी, प्रतिक्षा खड्का, जयलाल वली, पोषणराज न्यौपाने, भरत गिरी, युवराज भण्डारी, सन्तोषकुमार चौधरी, देवा बस्नेत, सीता देवकोटा, तेजप्रसाद आचार्य, दशरथ वली, लोकबहादुर बस्नेत, हरिबहादुर भण्डारी, दुर्गाबहादुर घर्ती, बसन्तकुमार खड्गी, गोपाल सुनार, झुपलाल नेपाली, कोकर चौधरी, ईश्वरी प्रसाद खड्का, भीमबहादुर केसी, महेश चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधिमा प्रत्यक्षतर्फ अर्चना रेग्मी, कविताकुमारी शर्मा, चित्रा बुढाथोकी, तारादेवी भण्डारी, पवित्रा धिताल, पिमाकुमारी खड्का, रेखा डाँगी, सुशीला सुवेदी, शुष्मा लामिछाने, गिरी, एकराज आचार्य, कीर्तिबहादुर खड्का, केशवराज शर्मा आचार्य, कुलप्रसाद पौडेल, गेहेन्द्र गिरी गोविन्दबहादुर शाह (शम्भु), चेतबहादुर सेपाइली, जागेश्वर खड्का, जितबहादुर केसी, टेकबहादुर वली, फल्कुदत्त भण्डारी, विष्णुबहादुर खड्का क्षेत्री, भरत केसी, भानुभक्त पौडेल, महादेव शाह, यज्ञनारायण आचार्य, युवराज खड्का, राजकुमार पोख्रेल हमाल, शंकर गिरी, शंकरप्रसाद डाँगी, हरिहर पौडेल, विमल रिजाल, राजेन्द्र धिताल र टोपबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै खस आर्यतर्फ कृष्णकुमार गिरी, कमानसिंह डाँगी, कुलबहादुर खत्री क्षेत्री, डा. नहकुल केसी, प्रदीपकुमार खड्का, रजकुमार रेग्मी लिलाधर लम्सालले उम्मेदवारी दर्ता गरेका छन् । महाधिवेशन प्रतिनिधि दलित महिलामा देविका नेपाली, सीतरा नेपाली वादी, पुरुषतर्फ जोगेन्द्रबहादुर सुनार, घनश्याम सुनारले उम्मेदवारी दर्ता गरेका छन् । मुस्लिम मधेसीमा अमन उल्ला अन्सारी र ऋषिराज लहरे ‘अरुण’, आदिवासी जनजातितर्फ टीकाराम घर्ती, चन्द्रकली बुढाले उम्मेदवारी दिएका छन् । खस आर्य महिलातर्फ चित्रा गिरी, मिथिला शाह, लोकेश्वरी अधिकारी, शान्ता पाण्डे र सर्मिला आचार्यले उम्मेदवारी दिएका छन् ।

गाेरक्षबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे