देशभर साेमबार थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि, २५८ जना निको, ४ जनाको मृत्यु



देशभर साेमबार थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि, २५८ जना निको, ४ जनाको मृत्यु

काठमाडौं ६ मंसिर । देशभर साेमबार थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै साेमबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २ सय ५८ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७ सय १८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ भने ८ लाख ६ सय १७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ६९ जना रहेका छन् । जसमध्ये ६ हजार ८ सय २७ जना होम आइसोलेसनमा रहेका छन् भने ४ सय ४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २सय ३० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे