मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट



मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट

कालीकाेट ३० कार्तिक । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिएका छन् ।

उनका अनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ। अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उनले बताए । क्षतिको  पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे