प्युठानकाे बुकेनीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गयाे



प्युठानकाे बुकेनीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गयाे

प्युठान २९ कार्तिक । प्युठानकाे मल्लरानी गाउँपालिका-३ बुकेनीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा २९ वर्षका चालक गोरख पुनको घटनास्थलमै ज्यान गएको हो ।

बुकेनीबाट खलङ्गाका लागि छुटेकाे रा १ ज १९९२ नम्बरकाे गाडीमा दुई जना रहेकामा सहचालक भने घाइते भएका छन्।  सहकचालक प्युठान नगरपालिका ४ बस्ने १६ वर्षीय विवेक नेपाली घाइते भएका हुन् । उपचारका लागि उनलाई प्युठान अस्पताल बिजुवाइ ल्याइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे