थारु जातीको कला संस्कृति संरक्षणमा युवा पिढीले ध्यान दिनुपर्छ : चौधरी



थारु जातीको कला संस्कृति संरक्षणमा युवा पिढीले ध्यान दिनुपर्छ : चौधरी

सिसहनियाँ १७ कार्तिक । संविधान सभाका पुर्व सांसद सुशिला चौधरीले थारु जातीको कला संस्कृति संरक्षणका लागि युवा पिढीले ध्यान दिनुपर्ने बताएकी छिन् । तिहारको अवसरमा दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ ले बुधबार पत्थरगढवामा आयोजना गरेको थारू साँस्कृतिक प्रतियोगिता उद्घाट कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।प्रमुख अतिथि समेत रहेकी चौधरीले थारु समुदायमा गाइने झुमरा नाच, बड्का नाच, लाठी नाच, सजना लगायतका गितहरु लोप हुँदै जान थालेकाले यसको प्रचार प्रसार गर्न पनि आवश्यक रहेको बताइन् । साथै उनले पश्चिमी संस्कृति नेपालमा भित्रिए सँगै थारु जातीको पुराना गित संगीतहरु हराउन थालेकोमा चिन्ता व्यक्त गर्दै पुराना पिढीले नयाँ पिढीलाई संस्कार सिकाउन आवश्यक रहेको बताएकी छिन् ।सो अवसरमा आयोजित थारु साँस्कृतिक प्रतियोगितामा मझेरीयाको बड्का नाच प्रथम, पत्थरगढवाको झुमरा नाच दोस्रो, बगरापुरको झुमरा नाच तेस्रो र सगरापुरको झुमरा नाचले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजेताहरुलाई क्रमश, १७ हजार, १५ हजार, १४ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।वडा अध्यक्ष वेदप्रसाद चौधरीको अध्यक्षता एवम् पुर्व संविधान सभा सदस्य सुशिला चौधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा पत्थरगढवा गाउँ अगुवा भिमबहादुर चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य ताराकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा सचिव मंगलप्रसाद चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे