कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस



कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस

सुर्खेत १६ कार्तिक । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । आज मङ्गलवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष कांग्रेस नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो सोमवार राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आज बेलुका ७ बजेसम्म आह्वान गरेका थिए । त्यहीअनुसार उनले आज दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्री दाबी पेस गर्नुभएका शाहीलाई आफ्ना दलकासहित माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी ) पार्टीको २१ जना प्रदेश सभा सदस्यको समर्थन छ । आजै राति साढे ८ बजे हुने प्र्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे