राप्ती गाउँपालिका स्तरीय भुसालको अध्यक्षतामा समावेशी रेडियो राप्ती स्रोता क्लव गठन



राप्ती गाउँपालिका स्तरीय भुसालको अध्यक्षतामा समावेशी रेडियो राप्ती स्रोता क्लव गठन

भालुवाङ १२ कार्तिक । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती ९८ं.४ मेगाहर्ज लालमटियाले शुक्रवार रेडियो स्रोता क्लव गठन गरेको छ ।

स्रोता र रेडियो बिचको सम्बन्धलाई बलियो बनाउन तथा समाजभित्र रहेका विकृती विसंगती विरुद्ध सचेतना फैलाउन लालमणी भुसालको अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय राप्ती गाउँपालिका स्तरीय समावेशी रेडियो स्रोता क्वव गठन गरेको छ ।

नव गठित क्लवको उपाध्यक्षमा गिता शर्मा, सचिवमा नवीन गिरी, सहसचिवमा मदन पोख्रेल र कोषाध्यक्षमा सिमा केसी रहेका छन् । त्यसै गरी सदस्यहरुमा सरिता भण्डारी, देवका न्यौपाने, टिका सुनार, संदिप चौधरी, निलम चौधरी, संझिरा खातुन रहेका छन् भने अशोक बेल्वासे, हेमराज अधिकारी, देवेन्द्र रोका क्षेत्री, मानध्वज भारती, किरण आचार्य, खेमा चौधरी, जाहिरा खातुन, अमित चमार र सुमन विक साधारण सदस्यमा रहेका छन् ।

स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै स्टेशन म्यानेजर गुप्ताले रेडियो र स्रोताको सम्बन्धलाई मजबुद बनाउन स्रोता क्लवले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

रेडियाेकी प्रमुख समाचार बाचिका अंशु बोहराकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा रेडियाका सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ताले स्राेता क्लब र रेडियाेकाे बारेमा सहजीकरण गरेका थिए । भने कार्यक्रमकाे सञ्चालन कार्यक्रम उत्पादन तथा विज्ञापन शाखा प्रमुख विरेन्द्र गिरीले गरेका थिए ।

यसैबीच रेडियो राप्तीले अब दाङकाे देउखुरी स्थीत लमही नगरपालिका, गढवा, राजपुर गाउँपालिका र प्युठानको सरुमारानी गाउँपालिकामा पनि पालिका स्तरीय स्रोता क्लव गठन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे