दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको गृहमन्त्रालयमा सरुवा



दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको गृहमन्त्रालयमा सरुवा

दाङ १२ कार्तिक । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको सरुवा भएको छ । उनको गृहमन्त्रालयमा सरुवा भएको कुरुवाङले सामाजिक संजाल फेस्बुकमा लेखेका छन।

उनले सामाजिक सन्जालमा यस्तो लेखेका छ्न “दाङको प्रजिअको रुपमा मेरो कार्याकाल ठिक ५ महिना मात्रै रह्यो हिजोको गृहको निर्णयले म गृह मन्त्रालय सरुवा भएको छु । म दाङबासी प्रती कृतज्ञ छु ।

यता दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालय काठमाडौंबाट सह-सचिब हिरालाल रेग्मी आउने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे