लुम्बिनीका मन्त्रीको गाडीले मोटर साइकललाई ठक्कर दिँदा एक घाइते, मन्त्री फरार



लुम्बिनीका मन्त्रीको गाडीले मोटर साइकललाई ठक्कर दिँदा एक घाइते, मन्त्री फरार

बुटवल ११ कार्तिक। लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले एक मोटर साइकललाई ठक्कर दिएको छ । मन्त्री शाहीको भे १ झ ३३१ नम्बरको गाडीले लु ७८ प ५६६३ मोटर साइकललाई ठक्कर दिएको हो ।

बिहीबार दिउँसो ४ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा मन्त्री सवार गाडीले ठक्कर दिएको हो । दुर्घटना लगत्तै मन्त्री शाही अर्को गाडीमा फरार भएको प्रतक्ष्यदर्शीले बताए । घटनास्थलमा ट्राफिक प्रहरी समेत पुग्न नभ्याउँदै मन्त्री शाही दुर्घटनामा परी घाइते व्यक्तिको वास्ता नगरी हतार-हतार अर्को गाडीमा चढेर पुनः भैरहवातर्फ हुँइकिएका हुन् ।

घाइते व्यक्ति बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी २० वर्षीय मिगिन मगर रहेका छन् । उनलाई आफन्तहरुले उपचारका लागि अस्पताल पुर्याएका छन् । घटना भएको केही समयपछि मात्रै ट्राफिक प्रहरी त्यहाँ उपस्थित भएको प्रत्यक्षदर्शीले बताए ।

साभार : ग्लाेबल अवाज डटकमबाट 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे