प्रतिनिधि सभाको आज बैठक बस्दै



प्रतिनिधि सभाको आज बैठक बस्दै

काठमाडौं ११ कात्तिक । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख छ ।

यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका कारण ११ गतेलाई सारिएको थियो । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ । सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे