भालुवाङमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन



भालुवाङमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन

भालुवाङ ८ कार्तिक । दाङको देउखुरीमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयको सहकार्यमा सवारीसाधनको प्रदुषण मापन सुरू गरेको हो ।सवारीसाधनको धुवाबाट वातावरण प्रदुषण बढेकाले प्रदुषण रोकथामका लागि सवारीसाधनको प्रदुषण मापन सुरू गरिएको वातावरण विभागका मेकानिकल इन्जीनियर विजय अधिकारीले बताए । वातावरण विभागले लुम्बिनी प्रदेशबाट प्रदुषण मापन सुरू गरेको छ ।विभागले सोमवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट प्रदुषण मापन अभियान सुरू गरेको छ । भालुवाङमा कुल ५३ वटा सवारीसाधन मध्य डिजलबाट सञ्चालन भएका २७ वटा सवारीसाधनको प्रदुषण मापन गर्दा १२ वटा गाडी पास र १५ वटा गाडी फेल भएका छन् । भने पेट्रोलबाट सञ्चालन हुने २६ वटा सवारीसाधनको प्रदुषण मापन गर्दा २५ वटा गाडी पास र १ वटा गाडी फेल भएको वातावरण निरिक्षक प्रकाश केसीले बताए ।विभागले लुम्बिनी प्रदेशको भालुवाङ पछि अब अन्य प्रदेशमा पनि प्रदुषण मापन गरिने बताइएको छ । बढ्दो प्रदुषण रोक्न यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले पनि स्थायी राजधानीमा यन्त्र ल्याउन प्रयास थालेको यातायात व्यवस्था सेवा कार्यालय भालुवाङका मेकानिकल इन्जीनियर भरतकुमार कार्कीले बताए ।नेपाल सरकारले थालनी गरेको सवारीसाधान प्रदुषण मापन गर्ने काम कमै मात्रमा हुँदा यसले वातावरणमा प्रतिकुल असर परिरहेको हुन्छ । वातावारण प्रदुषण मापनमा फेल हुने सवारी साधानलाई पहिलो पटक सम्झाई बुझाई छोडिने र दास्रो पटक फेल भए यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको नियम अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख उत्तमकुमार जिसीले बताए ।प्रदुषण मापन कार्यक्रममा वातावरण विभागका मेकानिकल इन्जिनियर विजय अधिकारी, वातावरण निरिक्षक प्रकाश केसी, यातायात व्यवस्था सेवा कार्यालय भालुवाङका मेकानिकल इन्जिनियर भरतकुमार कार्की, अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख उत्तमकुमार जिसी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता र सहायक स्टेसन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे