प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल



प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाण्डाै ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । साेमवार बालुवाटारमा भएको छलफल राष्ट्रिय सभा सदस्यको चुनाव तथा प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावका विषयमा केन्द्रित रहेको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीले माघको पहिलो हप्ताभित्र राष्ट्रिय सभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । कानुनअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि चुनाव गर्नुपर्छ ।

यस्तै प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ पद रिक्त छन् । छलफलमा ती पदमा उपचुनाव गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै आयोगले आउँदो वैशाखभित्र गर्नुपर्ने पालिकाको चुनाव पनि एकै चरणमा गर्न प्रस्ताव गरेको छ । अघिल्लो पटक तीन चरणमा पालिकाको चुनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे