दाङमा आइतबार थप ७ जनामा कोरोना संक्रमण पुुष्टि, ७ जना संक्रमणमुक्त
दाङ ७ कार्तिक । दाङमा आइतबार थप ७ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परिक्षण गर्दा ५ जना पुरुष र २ जना महिला गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
घोराहीका ४ जना, तुुलसीपुरका २ जना र लमहीका एक जनामा संक्रमण देखिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यो सँगै गएको बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार एक सय ९० जना पुुगेको छ ।
यसैबिच आज ७ जना कोरोना मुक्त भएका छन् । जस अनुसार राप्तीका ४ जना, घोराहीका २ र लमहीका एक जना रहेका छन् । यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ८ हजार ९ सय ४५ जना रहेका छन् ।
अहिले दाङमा ३१ जना कोरोनाका सकृय बिरामी रहेका छन् । ति मध्य घरमा २६ जना र आईसियूमा ५ जना रहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्