गढवाकाे चन्दनपुरमा कांग्रेस र माओवादीलाई ठुलो झड्का, एक सय बढी कार्यकर्ता एमालेमा प्रबेश

गढवा ५ कार्तिक । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरका १ सय बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले गढवा गाउँपालिका ७ नम्बर संगठन कमिटिले शुक्रवार चन्दनपुरमा आयोजना गरेकोे पार्टी प्रबेश कार्यक्रममा नेपाली कांगे्रसका क्षेत्रीय सदस्य उमाकान्त डाँगी र माओवादीका राजाराम चौधरी लगायत नेपाली कांग्रेस र नेकपा माओवादी पार्टी परित्याग गरी १ सय बढी कार्यकर्ता एमालेमा प्रबेश गरेका हुन् ।
एमाले गढवा ७ का वडा अध्यक्ष श्याम चौधरीको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमाले जनताको पार्टी भएको र बिकास तथा समृद्धिका महत्वपुर्ण कामहरु गर्दै आएको बताएका छन् ।
यस्तै पार्टीका महिला नेत्री एवं प्रतिनिधीसभा सदस्य गंगा चौधरी सत्गौवाले राष्ट्रको मुहार फेर्ने जिम्मेवारी केपी ओली नेतृत्वको नेकपा एमालको काँधमा आएको बताइन् । उनले एमाले नेतृत्वको सरकारले थुप्रै विकास निमार्णको काम गरेको स्मण समेत गराउनु भयो । साथै उनले कसैको लोभ लालच र धम्की दिदैमा पछि नहट्न सुझाव समेत दिएकी छिन् ।
यस्तै कार्यक्रममा पार्टीका राष्ट्रिय परिषद सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पार्टीलाई कमजोर बनाउन देशी विदेशी साम्राज्यवादीहरु लागेको आरोप लगाए ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष टिकाराम खड्का, जिल्ला सचिव मनोहर बुढाथोकी र लुम्बिनी प्रदेश सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव लगायतले नयाँ प्रबेश गर्नेहरुलाई बधाई तथा शुभकामना दिदै पार्टीले उच्च मुल्यांकन गर्ने बताएका छन् । पार्टीका गढवा गाउँपालिका वडा नम्बर ७ का इन्चार्ज चुडामणी पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको पार्टी प्रबेश कार्यक्रमको संचालन एमाले गढवाका सचिव शिबराज पन्थीले गरेका थिए ।