नेपालमा थप ७९२ जनामा काेराेना सङ्क्रमण पुष्टि, १४ सङ्क्रमितकाे मृत्यु



नेपालमा थप ७९२ जनामा काेराेना सङ्क्रमण पुष्टि, १४ सङ्क्रमितकाे मृत्यु

काठमाण्डाै २६ असाेज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । आज थपिएका १४ जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा सात सय ९२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा सात सय ९२ जना अर्थात् आठ दशमलव २३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । याेसहित नेपालमा अहिलेसम्म पीसीआर र एन्टिजेनबाट गरिएकाे परीक्षणमा आठ लाख ९६ हजार सात सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप नौ सय १० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७७ हजार सात सय ४१ पुगेको छ । अहिले १४ हजार पाँच सय ५४ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ६ जनाको आईसीयू र एक सय दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।२४ घण्टामा थप ६९ हजार आठ सय २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे