दाङमा थप ३ जनामा कारोना संक्रमण पुष्टि



दाङमा थप ३ जनामा कारोना संक्रमण पुष्टि

दाङ २२ असोज । दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा दुई जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा गढवाका दुई जना र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ६ जना कोरोना मुक्त भएका छन् । यसैगरी मुक्त हुनेमा घोराहीका तीन, तुलसीपुरका दुई र राप्तीका एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे