पत्रकार गुप्ताले आफ्नो जन्म दिनमा दिए सञ्चारकर्मीहरुलाई सञ्चार डायरी र कलम उपहार



पत्रकार गुप्ताले आफ्नो जन्म दिनमा दिए सञ्चारकर्मीहरुलाई सञ्चार डायरी र कलम उपहार

सिसहनियाँ २२ असोज । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर, कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर । तर दाङ देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताले आफ्नो ३५ औँ जन्म दिन शुक्रवार आफ्नै कार्यालयमा राप्ती क्षेत्रका क्रियाशिल सञ्चारकर्मीहरुलाई सञ्चार डायरी र कलम उपहार दिएर मनाएका छन् । पत्रकार गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा सञ्चारकर्मीहरुलाई समाचार लेखन तथा रिपोटिङमा सहयोग पुगोस् भन्नका लागि डायरी र कलम उपलब्ध गराएको बताएका छन् ।

साथै उनले आफ्नो जन्म दिनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा तथा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिने सम्पूर्ण साथीभाई, इष्टमित्रहरूलाई धन्यवाद समेत दिएका छन् । स्टेशन म्यानेर ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद महेश रिजालको प्रमुख आतिथ्यतमा भएको जन्मउत्सव कार्यक्रममा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, उपाध्यक्षद्धय बासुदेव न्यौपाने, जमिर शाहा, रेडियो राप्तीका कार्यक्रम उत्पादन तथा विज्ञापन शाखाका प्रमुख विरेन्द्र गिरी, कार्यक्रम प्रस्तोता किरण जिसी, शुभचिन्तक लालमणी भुसाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे