तीन वटा प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना
काठमाण्डाै २२ असाेज । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना छ । बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाण्डौसहित देशका अरु ठाउँमा भने आज पानी पर्ने सम्भावना छैन । अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली मात्र हुने सम्भावना छ । दिउँसो एक छिन घाम लाग्ने र फेरि बादल लाग्ने सम्भावना छ । अब बिस्तारै सुक्खा बढ्दै जाने र दुई, चार दिनमा मनसुन बाहिरिने सम्भावना रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्