देउखुरीको मौरीघाटमा नेपाली कांग्रेस राप्तीको पार्टी कार्यालय उद्घाटन



देउखुरीको मौरीघाटमा नेपाली कांग्रेस राप्तीको पार्टी कार्यालय उद्घाटन

मौरीघाट २१ असोज । नेपाली कांग्रेस राप्ती गाउँपालिका समितिको पार्टी कार्यालयको बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट खिनैटामा पार्टी कार्यालयको उद्घाटन पुर्व सांसद सुशिला चौधरीले गरेकी हुन् ।

पार्टी सभापती विद्याशरण चौधरीको अध्यक्षता एवम् पुर्व सांसद सुशिला चौधरीको प्रमुख आतिथ्यतमा भएको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पुर्व सांसद चौधरीले पार्टी बलियो भए मात्र हामी बलियो हुने बताइन् । त्यसका लागि सवै नेता कार्यकर्ता एक हुन आवश्यक रहेको बताउनु भयो साथै उहाँले आगामी स्थानीय निर्वाचनमा पालिकालाई कांग्रेसमय बनाउन सवै लाग्नुपर्ने बताएकी थिइन् ।

उपसभापती श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डे, महा समिति सदस्यहरु प्रदिपराज शर्मा, जानकीलाल बस्नेत, नुमानन्द सुवेदी, लालमोहम्मद मियाँ, यशोदा चौधरी, जिल्ला सदस्यहरु हरिप्रसाद भुसाल, भिमलाल चौधरी, नेष्ठ नागरिक समितिका केन्द्रिय सदस्य आत्माराम भट्टराई, महिला संघकी सभापती जगदम्बाकुमारी चौधरी, क्षेत्र नम्बर १ (क) का सभापती ताराबहादुर डिसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसै बिच विभिन्न पार्टी परित्याग गरी १ सय बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रमको सञ्चालन सचिव तिर्थराज ज्ञवालीले गरेका थिए । यसै बिच नेपाली कांग्रेस राप्तीले विहिवार राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल खौराहाबाबामा विजयादशमीको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे