राप्तीका विद्यालयहरु यस वर्ष फूलपाती देखि बिदा हुने



राप्तीका विद्यालयहरु यस वर्ष फूलपाती देखि बिदा हुने

भालुवाङ २० असोज । राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु यस वर्ष फूलपाती देखि बिदा हुने भएको छ । राप्ती गाउँपालिका गाउँ शिक्षा समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षा नियमावलीमा घटस्थापना देखि कोजाग्रत पुर्णिमा सम्म बिदा रहने व्यवस्था भए पनि कोभिड १९ का कारण लामो समय सम्म पठनपाठन बन्द रहेकाले बिदा कटौती गरेर फूलपाती देखि कोजाग्रत पुर्णिमा सम्म बिदा बिदा दिइएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ । साथै कार्तिक ४ गते देखि पुन नियमित पढाई हुने शाखा प्रमुख विकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे