चाडपर्व नजिकिए संगै दाङका बजारहरुमा चहल पहल बढ्याे



चाडपर्व नजिकिए संगै दाङका बजारहरुमा चहल पहल बढ्याे

दाङ १६ असाेज । चाडपर्व नजिकिए संगै यती बेला दाङका बजारहरुमा चहल पहल बढेको छ । नेपालीहरुको महान चाड वडादशैँ आउन केही समय मात्रै बाँकी रहेको बेला दाङका मुख्य बजारहरु तुलसीपुर, बिजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, गढवा, सिसहनियाँमा किनमेल गर्नेहरुको चहल पहल बढेको हो ।

गाउँघरमा दशैँको लागि भनेर घर लिपपोत गर्ने भई रहेको छ । भने शहर बजारहरुमा दशैँकै लागि भनेर पकडा, गरगहना, नून तेल, लगायत कस्मेटिक, कपडा पसल, खाद्यान्न पस, सुन पसलहरुमा सामान किन्नेहरुमा भिड लाग्ने गरेको छ । गाउँघरबाट किनमेलका लागि बजार आउने जाने नागरिकहरुको सार्वजनिक यातायातहरुमा समेत चाप बढेको छ ।

यसरी चाडपर्व नजिकिए संगै व्यापार पनि राम्रो हुने व्यापारीहरुको आशा छ । लामो समय सम्म कोरोना संक्रमणको जोखिम बढेसंगै लकडाउनको कारण सुस्ताएको व्यापार अहिले भने कोरोना संक्रमणको जोखिम पनि कम हुँदै गएकाले व्यापार पहिलेकै गतिमा फर्किने व्यवसायीहरुको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे