घोराहीकाे नयाँ बसपार्कमा नागरिक यात्रु सहायता कक्ष स्थापना



घोराहीकाे नयाँ बसपार्कमा नागरिक यात्रु सहायता कक्ष स्थापना

घोराही १४ असोज । चार्डपर्व नजिकिदै गर्दा बिहीबार घोराहीमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महान चाड वडादशैँ, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवात जावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने र बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण र नागरिकहरुलाई आई पर्ने समस्याहरुको तत्काल सुनुवाई गर्ने उद्देश्यमा साथ यात्रु सहायता कक्ष स्थापना गरिएको दाङ प्रहरीले जनाएको छ ।

बिहीबार देखि घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँबसपार्कमा जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजना सहायता कक्ष स्थापना गरिएको हो । बसपार्क टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, यातायात ब्यवसायी, सवारी चालक सहचालक, यात्रुहरु, स्थानिय नागरिक, प्रहरी लगायतको सहभागितामा नागरिक÷यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे