परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर आज स्वदेश फर्कँदै



परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर आज स्वदेश फर्कँदै

काठमाण्डाै १४ असाेज । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिएर आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेका थिए ।

मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका  विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका भन्दै उहाँले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्नेमा जोड दिएका थिए । यस्तै, अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उनी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे