संघीयताका कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको छ : आचार्य



संघीयताका कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको छ : आचार्य

लमही १३ असोज  ।  राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष तथा बैकल्पिक केन्द्रिय सदस्य गणेश आचार्यले संघीयताकै कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाको गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, संघीयता खारेज गरौ भन्ने मुल नारा सहित संचालित कार्यक्रम अन्तर्गत लमही नगर समितिको आयोजनामा लमही बजारमा भएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

उनले नेपालमा संघीयता नेपाली जनताको मागबाट नआएको बताए । गणतन्त्र स्थापना भएपछि त्यसलाई समाप्त पार्न र अस्थिरता कायम गरि नेपालको राष्ट्रियता , स्वाधिनता र अखण्डता समेत समाप्त पार्न संघीयता भित्रीएकाले त्यसको खारेजिको जरुरी रहेको उनले बताए ।

अहिले गणतन्त्रको रक्षाको जिम्मेवारी पाएकाहरु नै त्यसको बदनाम गर्न तल्लीन भएको उनको भनाइ छ । उनीहरुकै कार्यशैलिका कारण जनतामा गणतन्त्रप्रति बितृस्णा पैदा भएकाले कार्यशैलिको बिरोध र भन्डाफोर गर्दै गणतन्त्रको रक्षा गर्नु पर्ने बताए ।

एमसिसी सम्झौता नेपालीको लागि नभई नेपालको अस्मिता समाप्त पार्न आएको बताउदै त्यसको खारेजिका लागि जोड दिने बताए। राष्ट्रिय जनमोर्चा लमही नगर समिति अध्यक्ष हरी थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला सचिबालय सदस्य पदम गोराथोकी, अखिल नेपाल महिला संघ लमही नगर अध्यक्ष बसन्ता खनालले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण नगर सचिब लेखराज आचार्यलेगरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे