छाताले सिंगारिएको लमही बजार, युवायुवती टिकटक बनाउँदै



छाताले सिंगारिएको लमही बजार, युवायुवती टिकटक बनाउँदै

लमही १२ असाेज । व्यापार प्रबर्द्धन गर्ने उद्देश्यले देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गर्न लागेको उपहार कार्यक्रममा छाताले सिगाँरिए पछि लमही बजार दुलही जस्तै देखिएकाे छ । त्यही छाता युवायुवती र अन्य उमेर समुहका मानिसहरुलाइ टिकटक र फाेटाे खिच्ने थलाे बनेकाे  छ ।

लमही बजारको व्यापार प्रबर्द्धन गर्न  बडा दशैँ, तिहार र छठ पर्वको अवसरमा देउखुरी उद्योग बाणिज्य संघ लमहीले देउखुरीकै केन्द्र विन्दु मानिने पूर्वपश्चिम राजमार्गमा रहेको लमही बजारमा उपहार कार्यक्रम संचालन गर्न लागिएको हो ।यहि असोज १४ गते कार्यक्रमको उद्घाटन हुने  भएकाे छ ।

संघले दशैँ, तिहार र छठसम्म उपहार कार्यक्रम संचालन गरिने जनाएको छ । दाङको लमहीमा पहिलो पटक हुन लागेको उपहार कार्यक्रममा व्यापारी, विद्यार्थी स्थानीय तथा जिल्ला बाहिरका पर्यटक गरि करिव दुइलाख पचास हजार मानिसले लमही बजारबाट किनमेल गर्ने अपेक्षा गरेको अध्यक्ष खगेश्वर खनालले बताए।

पैसा कमाउन नभई लमहीका व्यापारीहरुको हितका लागि र पर्यटन, कृषिको आधुनिकीकरणमा टेवा पु¥याउने उद्देश्यले उपहार कार्यक्रमको आयोजना गर्न लागेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका उपाध्यक्ष केशबराज पोख्रेलले जानकरी दिए । उनले यस उपहार कार्यक्रमबाट लमही बजार क्षेत्रको व्यापार व्यवसायमा चहलपहल बढ्ने विश्वास व्यक्त गर्दै, अन्य छिमेकी तुलसिपुर, घोराही, भालुवाङ, बाँके, बर्दिया, कपिलबस्तु लगायतका स्थानबाट लमही बजारमा किनमेलको लागि मानिसहरुको भिरभाड बढ्ने बताए ।

लमही बजारको व्यापार क्षेत्रलाई आर्थिक रुपले बलियो बनाउन र चाडपर्वमा मात्रै नभएर अन्य बेलामा पनि लमही बजारमा किनमेल गर्न आउने मानिसको संख्या कसरी बढाउन सकिन्छ, यस विषमा संघको गम्भिर ध्यानाकर्षण भएको बताउदैँ, मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लमहीको व्यापार व्यवसायले समेत निकै ठूलो मद्दत पु¥याएको महासचिव लेखराज केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे