दाङमा अबैध सालको ३५ थान काठ बरामद



दाङमा अबैध सालको ३५ थान काठ बरामद

दाङ ७ असाेज । दाङ प्रहरीले अवैध साल जातको ३५ थान काठ बरामद गरेको छ । बुधबार बिहान अन्दाजी सवा एक बजेतिर घोराही १२ रतनपुरस्थित सोही ठाउँ निवासी २३ वर्षिय सुदन गिरीले अबैध काठ लुकाई छिपाई राखेको अवस्थामा प्रहरीको टोलीले बरामद गरेको प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।

प्रहरीले खानतलासी गर्ने क्रममा गिरीको घरको आँगनमा पार्किङ गरी राखेको रा १ त २५३६ नम्बरको ट्याक्टरमा लुकाइछिपाई राखेको साल जातको ३५ थान ११४.६८ क्यूफिट फेला पारी प्रहरीले थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय घोराहीमा बुझाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे