दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु



दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

तुलसीपुुर ३ असोज । दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–७ बुटनिया निबासी २२ बर्षकी प्रमिला चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

बिहान ७ बजे घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान ८ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे