सिसहनियाँमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो



सिसहनियाँमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो

सिसहनियाँ ३ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजारमा प्रज्वलन गरी ७ औँ संविधान दिवस मनाइएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको आयोजनामा दिवस मनाइएको हो ।

चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि रावतले दिप प्रज्वलन गर्दै नेपालको संविधान उत्कृष्ट संविधान रहेको बताउँदै यस संविधानलाई ९० प्रतिशत जनताले स्वीकार गरेको र १० प्रतिशत जनताले मात्र नस्वीकार गरेको बताए ।

साथै जारी संविधानले सवै क्षेत्र, वर्गको अधिकारलाई समेटको बताए । त्यस्तै उनले तीनै तहको सरकारले सवै क्षेत्रका जनताको अधिकार समावेश गर्नुपर्ने बताए ।
कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, प्रहरी चौकी सिसहनियाँका प्रमुख बत्तीकुमार पोख्रेल, प्रगतीनगर शहरी खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष तथा चेम्बरका सल्लाहकार शान्तराज शर्मा, सल्लाहकार गोविन्द कुवर, समाजसेवी चुडामणी पोखे्रल, युवा व्यवसायी खोपेन्द्र ज्ञवाली, चेम्बरका पहिलो उपाध्यक्ष नेमलाल बेल्वासे, दोस्रो उपाध्यक्ष श्यामा रावत, महासचिव शेषकान्त आचार्य, सचिव बसन्तबहादुर कुवर क्षेत्री, कोषाध्यक्ष प्रेम बुढाथोकी, सदस्यहरु युद्धबहादुर भुसाल, जितेन्द्र गुप्ता लगायतको सहभागीता रहेको थियो ।

साथै कार्यक्रममा साँस्कृतिक प्रस्तुती समेत प्रर्दशन गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे