देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते



देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

देउखुरी ३० भदाै । दाङकाे देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन । बुधवार बेलुका ६ बजेकाे समयमा लमही बजार देखि लमही नगरपालिका वडा नम्बर ७ को कमानपुर जाँदै गरेको अवस्थामा गोरक्ष टोल नजिकै मोटरसाइकल अनियंत्रित भएर पल्टिदा तुल्सीपुर उपमहानगरपालिका तुल्सीपुर बस्ने वर्ष २९ का प्रेम अधिकारी र बर्दिया मधुवन नगरपालिका ९ बस्ने वर्ष ३२ का उषा पुरी घाइते भएका छन् ।

घाइते पुरीको बसाई कमानपुर भएको बुझिएको छ भने अधिकारी सम्राट सिमेन्ट कमानपुरमा काम गर्दै आएका छन । घाइतेहरुलाइ अटो चालकले उठाएर लमही अस्पताल पुर्याएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइते अधिकारी र पुरी दुबैको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि अन्यत्र लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे