देशभर शुक्रबार थप १,१४६ जनामा कोरोना संक्रमण पुष्टि,१,६६० जना संक्रमणमुक्त, २१ जनाको मृत्यु



देशभर शुक्रबार थप १,१४६ जनामा कोरोना संक्रमण पुष्टि,१,६६० जना संक्रमणमुक्त, २१ जनाको मृत्यु

काठमाडौं, भदौ २५। देशभर शुक्रबार थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ४९ नमुनाको पीसीआर परीक्षणमा ९ सय ६१ जना र २ हजार ३ सय ६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नै कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९ सय ५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६ सय ६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९ सय २४ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६ सय ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४ सय ५८ जनाको आईसीयू र १ सय ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे