नेपालगंजबाट दाङका २ युवक लागूऔषध सहित पक्राउ



नेपालगंजबाट दाङका २ युवक लागूऔषध सहित पक्राउ

दाङ २३ भदाै । दाङका २ जना युवक लागूऔषधसहित नेपालगंजबाट पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ६ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट सहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका ११ का २२ वर्षीय सौगात पुन र सोही ठाउँका २१ वर्षीय प्रविन बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा सौगातलाई ब्राउन सुगर र प्रविनलाई ट्रामाडोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे