देशभर मंगलबार थप १,६७७ जनामा काेराेना सङ्क्रमण पुष्टि, २,०७२ जना संक्रमणमुक्त, २१ जनाकाे मृत्यु



देशभर मंगलबार थप १,६७७ जनामा काेराेना सङ्क्रमण पुष्टि, २,०७२ जना संक्रमणमुक्त, २१ जनाकाे मृत्यु

काठमाण्डाै २२ भदाै । नेपालमा मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ३४ जनाको नमुना परीक्षण गर्दा १ हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएका नमुनामध्ये ११ दशमलव १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । मंगलबार थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ५७ हजार ८ सय ९५ पुगेको छ । यस्तै थप  २ हजार ७२ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना  सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ७ लाख ३१ हजार पुगेको छ ।

यही अवधिमा थप २१ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ८ सय ७९ जना पुगेको छ । अहिले नेपालमा ३० हजार ३ सय ३ जना सक्रिय सङ्क्रमित रहेकामा ५ सय १४ जनाको आईसीयू र १ सय ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै मंगलबार ८० हजार ४ सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ५० लाख १२ हजार ८ सय २१ जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ५६ लाख ३ हजार ७ सय ५७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे