अखिल क्रान्तिकारीको प्रथम गाउँ सम्मेलन सम्पन्न, अध्यक्षमा पुन केसी चयन



अखिल क्रान्तिकारीको प्रथम गाउँ सम्मेलन सम्पन्न, अध्यक्षमा पुन केसी चयन

भालुवाङ १९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी राप्ती गाउँपालिका कमिटिको प्रथम गाउँपालिका सम्मेलन शनिवार राप्ती गाउँपालिका २ बराखुट्टीमा सम्पन्न भएको छ । कमिटिका संयोजक भुवन केसीको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिका सदस्य लुमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलन उद्घाटन कार्यक्रममा पार्टीका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, ३ का वडा अध्यक्ष चन्दर चौधरी, ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, पार्टीका वडा सचिव तिलक अधिकारी, पार्टीका दलित मुक्ति मोर्चाका जिल्ला सचिव बसन्त नेपाली, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सन्तोष पोख्रेल, जिल्ला कार्यालय सदस्य कल्याण अधिकारी, नेकपा माओवादी केन्द्र दाङ जिल्ला क्षेत्र नम्बर २ का सदस्य श्यामेश चौधरी, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य सन्तोष पोख्रेल, अखिल (क्रान्तिकारी) संयोजक जङ्ग रोका लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

क्रान्तिकारीका जिल्ला सदस्य मनिस पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य मोहन भुसालले गरेका थिए ।
सम्मेलनले पुन भुवन केसीकै अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शिशिर पोख्रेल, सचिव प्रदिप सुनार, सह सचिबहरुमा भुपेन्द्र पाण्डे ,कल्पना विक, कोषाध्यक्षमा स्मृति बेल्बासे र सदस्यहरुमा हरि भण्डारी, प्रभात खनाल , कमल खड्का, फनेन्द्र डिसी, बाचुन नेपाली, ठाकुर पन्थी, लेखराज खत्री, भोजराज महरा , खिमराज अधिकारी, शिशिर कवर, सागर रावत, टीका सुनार, मनिष थापा, सृजना थापा, आशिमा शर्मा , वर्षा भुसाल र गगन कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे