आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने



आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

काठमाण्डाै १४ भदाै । आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ । तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । भोलिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै छ ।

लगातारको वर्षाले नारायणी नदीको देवघाटमा बाढीले खतराको सतह पार गरेको छ । कोशी, वाग्मती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतका नदीमा बाढी आए पनि खतराको तह भने पार गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे