आज लुम्बिनी सहित पाँच वटा प्रदेशका केही ठाउँमा चट्याङ्ग सहित पानी पर्ने



आज लुम्बिनी सहित पाँच वटा प्रदेशका केही ठाउँमा चट्याङ्ग सहित पानी पर्ने

काठमाण्डाै १० भदाै । आज लुम्बिनी प्रदेश सहित प्रदेश-१, प्रदेश-२, वाग्मती र गण्डकी  प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

आज राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । हिजोदेखि मनसुन थप सक्रिय भएको र दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

अबको केही दिन प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी तथा लुम्बिनीसँगै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा पनि धेरै वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे