मनसुनी न्यूनचापीय रेखा नेपाल तिर सर्दै, केही ठाउँमा ठूलो पानी पर्ने



मनसुनी न्यूनचापीय रेखा नेपाल तिर सर्दै, केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै ९ भदाै । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरिरहेकाले देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी  न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताए । न्यूनचापीय रेखाको प्रभाव केही दिन रहने देखिएकाले अबको ३/४ दिन नै पानी पर्ने अनुमान गरिएको छ ।

आज  वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसाे ठूलो पानी पर्ने मौसमविद् बासीले बताए । यस्तै, राति पनि यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उनकाे भनाइ छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले जनाएका छन् । यसले गर्दा बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे