रोल्पामा नेपाल विद्यालय खेलकुद महासंघ गठन : अध्यक्षमा प्रकाश घर्ती मगर
रोल्पा ६ मंसिर । रोल्पामा नेपाल विद्यालय खेलकुद महासंघ रोल्पा जिल्ला कार्यसमिति गठन गरिएको छ ।
बुधवार सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर रोल्पामा भएको एक भेलाले प्रकाश घर्ती मगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल विद्यालय खेलकुद महासंघ रोल्पा जिल्ला कार्यसमिति गठन गरेको हो । गठित महासंघको उपाध्यक्षहरुमा दिपक विष्ट, दिलबहादुर घर्तीमगर, सचिवमा विमला बुढाथोकी, कोषाध्यक्षमा शान्तराज विष्ट रहेका छन् ।
त्यस्तै सदस्यहरुमा हेमराज सुनार, दिलिप थापा, हिरा थापा, प्रकाश घर्तीमगर, शेरचन सुनार र मेघराज गिरी रहेका छन् । जिल्ला खेलकुद विकास समिति रोल्पाका कार्यालय प्रमुख कैलाश रोकाको रोहवर तथा विद्यालय खेलकुद महासंघका केन्द्रिय प्रतिनिधि तथा पुर्व राष्ट्रिय खेलाडी प्रकाश घर्तीमगरको उपस्थितिमा महासंघ गठन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्