स्टेप बाई स्टेप मावि र सिर्जना आवासीय माविलाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधी प्रदान



स्टेप बाई स्टेप मावि र सिर्जना आवासीय माविलाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधी प्रदान

पोखरा ४ मंसिर । स्टेप बाई स्टेप मावि र सिर्जना आवासीय माविलाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान गरिएको छ। गैह्रपाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा स्टेप बाई स्टेप माविका आश्रय भुषाल मिस्टर पोखरा चाईल्ड स्टार हुन सफल भएका छन् ।

ऋषभ रानाले इन्टेलेक्चुअल अवार्ड तथा प्राप्त गरे भने फस्र्ट रनर अप हुन सफल भए । कृष्मा जिसी मिस पोखरा चाईल्ड स्टार हुन सफल भएकी छन् । मञ्जिता खत्री सेकेण्ड रनर अप भईन् । यस्तै आर्या वराल एक्सप्रेसन क्वीन अवार्ड र थर्ड रनर अप भईन् । दिप्तिका गुरुङले मल्टि ट्यालेन्ट अवार्ड प्राप्त गरिन् भने उनी फस्र्ट रनर अप भईन् । रबिना विश्वकर्माले वेष्ट क्याट वाक अवार्ड प्राप्त गरिन् । एरीका आचार्यले मिस पपुलर अवार्ड प्राप्त गरिन् ।

जोत्सना वरालले फोटोजेनिक अवार्ड, ऋतुजा वरालले स्वीट स्माईल अवार्ड र गौरवी विकले मिस पंचुवालिटिको अवार्ड हात पारिन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्यले विजेताहरूलाइ अवार्ड सहित प्रमाणपत्र समेत दिदैं बालबच्चाहरूका लागि प्रतिभा प्रस्फुटनका यस्ता कार्यक्रमकाे महत्व रहेकाे बताए । म त उनीहरूकाे प्रस्तुतिबाट प्रफुल्ल भएँ । उनले बच्चासंगै आमाहरू स्टेजमा आएर मातृवात्सल्य प्रस्तुत गरेकाे क्षण् राम्राे लागेकाे बताए ।

नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको कार्यक्रमकाे मुख्य प्रायोजकमा इन्टरनेशनल कलेज अफ साइन्स (आईक्यास) रहेको थियाे । कार्यक्रम चर्चित युवा उद्घाेषक दीपेन्द्र सेन शाहीले संचालन गरेका थिए ।शनिबार सम्पन्न भएको सो कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, कलाकार , संचारकर्मी, सुरक्षाकर्मी , विद्यार्थी लगायत अभिभावकहरुको समेत बाक्लो उपस्थित रहेको आयोजक टिमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे