देउखुरीमा भारतबाट भन्सार छलि ल्याएका ९ ओटा खसी बोका सहित २ जना पक्राउ



देउखुरीमा भारतबाट भन्सार छलि ल्याएका ९ ओटा खसी बोका सहित २ जना पक्राउ

देउखुरी ३२ साउन । दाङको देउखुरीमा भन्सार छलि ल्याएका ९ ओटा खसी बोका सहित २ जना पक्राउ परेका छन् । आइतवार दिउँसो करिव ३ः ३० बजेको समयमा गढवा गाउँपालिका वडा नं. ६ बाट भन्सार छलि ल्याएका ९ वटा खसी, बाख्रा सहित २ जना व्यक्ति परेका हुन् ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं.१ बनबारे बस्ने अन्दाजी ५३ बर्षका भोजमान बुढामगर र सोही ठाउँ बस्ने अन्दाजी २४ बर्षका बिजय बुढामगर रहेका छन् । कोइलाबासबाट गढवा तर्फ ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय गढवाबाट खटेको सयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त ९ वटा खसी बाख्राको मुल्य अन्दाजी २ लाख ७० हजार मुल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । पक्राउ परेकाहरुको बारेमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे