अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे



अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

काठमाण्डाै  ३१ साउन । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेकाे सिन्ह्वाले जनाएकाे छ । अफगानिस्तानका स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाडेकाे सिन्हाले जनाएकाे हाे ।

टाेलाे न्यूजका अनुसार अशरफ घानी र उहाँका सहयाेगीले पनि अफगानिस्तान छाडेका छन् । यसअघि कार्यवाहक रक्षा मन्त्री बिस्मिल्लाह माेहम्मदीले राष्ट्रपति घानीले देशकाे सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएकाे बताएकाे खबरमा उल्लेख छ ।

घानी अफगानिस्तानबाट ताजकिस्तान पुगेकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेकाे बीबीसीमा उल्लेख छ ।

तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएपछि पदबाट राजीनामा दिन घानीमाथि दबाब बढेकाे थियाे । यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको पनि खबरहरू सार्वजनिक भएका थिए । केही हप्तादेखि अफगानिस्तानका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले राजधानी काबुलमा शरण लिइराखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे