कोरोनाबाट दाङकाे तुलसीपुरमा एक बृद्धाको मृत्यु



कोरोनाबाट दाङकाे तुलसीपुरमा एक बृद्धाको मृत्यु

तुलसीपुर ३० साउन । कोरोना संक्रमणबाट दाङकाे तुलसीपुरमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ७२ बर्षीया बृद्धा रहेकी छिन् ।

उनको शनिवार बिहान पौने पाँच बजे कोरोना बिशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । मृतकको गएको साउन २७ गते देखि अस्पतालको आईसियु कक्षमा उपचार भई रहेको थियो । मृतकमा निमोनिया संगै स्वास प्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे