लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य



लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बुटवल २९ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले शुक्रबार सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको उनले जनाएका छन् । प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम (३) बमोजिम सांसदहरुलाई अधिवेशन अन्त्यबारे यसै सूचनामार्फत जानकारी गराइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे